काठमाडौं- धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसले जित हात पारेको छ। उपाध्यक्षमा भने गठबन्धन उम्मेदवारलाई पराजित गर्दै एमालेले जित हात पारेको छ।
कांग्रेसका उम्मेदवार जितेन्द्र राईले ५३ सय ९९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४८ सय २८ मत पाए।
त्यस्तै उपाध्यक्षमा एमालेकी मुना राईले ४६ सय ५० मत ल्याएर विजयी भइन्। उनका निकटम् प्रतिश्पर्धी एकीकृत समाजवादीका लीलाराज लावतीले ४१ सय ३६ मत पाए।
धनकुटामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन्। अघिल्लो निर्वाचनमा साँगुरीगढीसहित धनकुटाका सबै पालिका एमालेले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।