काठमाडौं– शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। हालसम्म देशरभरका ८१ पालिकाको विवरण सार्वजनिक भएको छ। जसमा नेकपा एमालेले ३० र नेपाली काग्रेसले २८ पालिकामा प्रमख जितेको छ।
माओवादीले २१ पालिकामा जित हात पारेको छ। देशभरका अन्य पालिकाहरुमा मतगणना जारी रहेको छ। त्यस्तै, देशका ६ वटै महानगरपालिकामा पनि मतगणना चलिरहेको छ। यी महानगरमा कडा टक्कर देखिएको छ।
पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन्। ललितपुर महानगरपालिकामा कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन्।
त्यस्तै, भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् भने विराटनगरमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्।
वीरगंज महानगरपालिकामा जसपाका राजेशमान सिंहले अग्रता लिएका छन्। पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन्।
यस्तो छ महानगरपालिकाको पछिल्लो मतपरिणामः
काठमाडौं महानगरपालिका
मेयरः
बालेन साह (स्वतन्त्र)– ४९०५
केशव स्थापित (एमाले)– २६१४
र्सिजना सिंह (कांग्रेस)– २३१५
ललितपुर महानगरपालिका
मेयरः चिरिबाबु मर्हजन (कांग्रेस)– ३१३७
हरिकृष्ण व्यञ्जनकार (एमाले)– १३२७
भरतपुर महानगरपालिका
मेयरः
रेनु दाहाल (माओवादी केन्द्र)– ३०४६
विजय सुवेदी (एमाले)– ३०७५
जगन्नाथ पौडेल (स्वतन्त्र)– ११४५
विराटनगर महानगरपालिका
मेयरः
नागेश कोइराला (कांग्रेस)– ४०३०
सागर थापा (एमाले)– २८११
वीरगञ्ज महानगरपालिका
मेयरः
राजेशमान सिहं (जसपा)– २८३२
विजय कुमार सारावागी (एमाले)– १२८६
गिरिश गिरी (राप्रपा)– ८६
पोखरा महानगरपालिका
मेयरः
धनराज आचार्य (एकीकृत समाजवादी)– २१९५
कृष्ण थापा(एमाले)– १९७०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।