काठमाडौं- प्युठानको ऐरावती गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ। जनमोर्चासँगको गठबन्धनमा कांग्रेसका नवीलविक्रम शाह अध्यक्ष निर्वाचित भएका छन्।
शाहले ४६ सय ६९ मत पाउँदा उनका निकटतम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतले २६ सय ५० मत पाए।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४६ सय ४७ मत ल्याउँदै विजयी भए।
उपाध्यक्षमा नै स्वतन्त्र उम्मेदवार टीका बहादुर गुरुङले १ हजार ७२१ मत पाउँदा एमालेका उम्मेदवार कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।