काठमाडौं– अछामको कमलबजार नगरपालिकको प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ।
नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद ढकाल ४ हजार २ सय ८८ मत ल्याएर प्रमुख पदमा विजयी भए।
ढकालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कटकबहादुर साउदले ४ हजार ६४ मत ल्याए।
उपमेयरमा नेकपा एमालेकी शारदाकुमार बिष्टले जित हात पारिन्। विष्टले ४ हजार ५२८ मत ल्याएर उपमेयरमा जित हात पारेकी हुन्।
उनले नेपाली कांग्रेसकी गौरी भण्डारीलाई पराजित गर्दै उपमेयरमा जित हात पारेकी हुन्। भण्डारीले ३ हजार ६४८ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।