काठमाडौं- धनकुटाको चौबिसे गाउँपालिकामा गठबन्धन उम्मेदवारलाई पराजित गर्दै प्रमुख दुवै पदमा एमाले विजयी भएको छ।
अध्यक्षमा एमालेका उम्मेदवार राजकुमार लिम्बु ५,०३८ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरले ३,९९१ मत ल्याए।
त्यस्तै उपाध्यक्षमा एमालेकी टंकमाया पाङ्मी ४ हजार ९८३ मतसहित विजयी भइन्। उनका निकटतम् प्रतिश्पर्धी जसपाका मंगलकुमार लिम्बूले ३ हजार ९८८ मत पाए।
यो गाउँपालिकामा एमाले एक्लै प्रतिश्पर्धामा थियो। गठबन्धनमा माोवादी केन्द्र, कांग्रेस, जसपा र एकीकृत समाजवादी समावेश थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।