काठमाडौं– म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जित हात पारेको छ।
अध्यक्षमा भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याउँदै जित हात पारे। उनले नेकपा एमालेका प्रेमबहादुर कार्कीलाई ७५९ मतान्तरले पराजित गरे।
एमालेका कार्कीले ३ हजार २७९ मत पाएका थिए।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसले नै जित हात पारेको छ। उपाध्यक्षमा कांग्रेसकी प्रेमकुमारी पुन निर्वाचित भइन्। पुनले ३ हजार ३६४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २४५ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।