काठमाडौं– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
एमालेका खिमबहादुर थापाले ६ हजार ७ सय मत ल्याउँदै अध्यक्षमा जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले ५ हजार ५५ मत ल्याइन्।
उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हात पारेको छ। एमालेकी सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भइन्। उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३० मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।