काठमाडौँ- धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ।
गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार छत्रबहादुर सुब्बाले ४ हजार ३५९ मतसहित जित हासिल गरे। उनका निकटतम् प्रतिश्पर्धी एमालेका शेरबहादुर लिम्बूले ४ हजार १६४ मत पाए। उनी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्।
उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी गिता गुरुङले जित हात पारिन्। उनले ४ हजार ३८७ मत पाउँदा एमालेकी गोमा कार्की दाहालले ३६९१ मत पाइन्।
यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै यसअघि एमालेले जितेको थियो। यसपटक एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।