काठमाडौं– काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार १४ हजार ६११ मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहकै अग्रता छ।
उनले ५६६५ मत पाएका छन् भने नेकपा एमालेका केशव स्थापितले ३०४६ मतसहित पछ्याइरहेका छन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २६४० मत पाएकी छन्।
उपमेयरमा भने एमालेकै अग्रता छ। एमालेकी सुनिता डंगोलले ५८४४ मतसहित अग्रता लिइरहेकी छन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६०९ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।