काठमाडौं- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्। अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रले जित हात पारेको छ।
माओवादी केन्द्रका राजन लिम्बु २ हजार ६६० मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका सरोज लिम्बुले २ हजार ३१२ मत पाए।
उपाध्यक्षमा कांग्रेसका रविन साम्रा लिम्बु निर्वाचित भएका छन्। उनले एमालेकी शान्तिमाया लिम्बुलाई पराजित गरे।
कांग्रेसका रबिनले २ हजार ३५८ मत पाउँदा एमालेकी शान्तिमायाले २ हजार २१२ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।