काठमाडौं– संखुवासभाको सिलिचोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा कांग्रेसका भूपालराज राई २२०३ मतसहित निर्वाचित भए। उनका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र कुलुङले २००९ मत पाए।
यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै देविता कुलुङ निर्वाचित भएकी छन्। उनले २०७५ मत ल्याइन्। उनकी निकटम प्रतिस्पर्धी मााओवादी केन्द्रकी देवी कुमारी मेवाहाङ राईले १७७० मत ल्याइन्।
जम्मा ५ वडा रहेको सिलिचोङमा कांग्रेसले २, ३ र ४ नम्बर वडाको वडाध्यक्ष जितेको छ भने माओवादीले १ र ५ नम्बरको वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।