काठमाडौं- रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले जित हात पारेका छन्। उपाध्यक्षमा भने एमाले उम्मेदवारले जित हासिल गरे।
गाउँपालिका अध्यक्षमा कृष्ण रेग्मीले कांग्रेस एमाले गठबन्धनलाई पराजित गरेका हुन्। रेग्मीले ३ हजार ७७९ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार ७ मत पाए।
उपाध्यक्षमा भने एमालेका गोपाल रेउले निर्वाचित भए। रेउलेले ३ हजार ७६१ मत पाउँद माओवादी केन्द्रकी आस्था विकले ३ हजार ४७४ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।