काठमाडौं– इलामको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन्।
एमालेका राईले ३ हजार ८१८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४९५ मत पाए। उपाध्यक्षमा भने जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन्।
एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्वाङ उपाध्यक्ष पदमा विजयी भएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवारी भएका नेम्वाङले ३ हजार ७२९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले तीन हजार ४६ मत पाइन्।
माङसेबुङ गाउँपालिकामा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।