काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा १० हजार भन्दा बढी मत गणना भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरमा १० हजार ४०५ मत गणना भएको छ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका विजय सुवेदीले ३६३३ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रकी रेनु दाहालले ३६२९ मतसहित पछ्याइरहेकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३९७ मत पाएका छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले ४११३ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङले २८६१ मत ल्याएकी छन्।
भरतपुरमा कांग्रेस–माओवादी र एमाले–राप्रपाको तालमेल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।