काठमाडौं– दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी भएका छन्।
आइतबार सम्पन्न मतगणनाअनुसार उनी १ हजार ४१ मतको फराकिलो अन्तरले नेकपा (एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्।
विजयी गुरुङले ३ हजार ६५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी एमालेका गुरुङले २ हजार २४ मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्षमा गठबन्धनकै माओवादीका क्षेत्रबहादुर गुरुङ विजयी भएका छन्। उनले २ हजार ५६८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका कृष्णमाया गुरुङले १ हजार ७७४ मत प्राप्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।