काठमाडौं– दार्चुलाको शैल्यशिखर नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ। एमालेका विजयसिंह धामीले ५ हजार ५०९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह धामीले ४ हजार ४६२ मत प्राप्त गरे।
उपप्रमुखमा पनि नेकपा एमाले नै विजयी भएको छ। उपप्रमुखमा शान्ति खडायतले ५ हजार ६४८ मत प्राप्त गर्दै विजयी भएकी हुन् भने उनकी निकटतम प्रतिस्पर्धी राजमती पालले ४ हजार ५७५ मत प्राप्त गरिन्।
यसअघि महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पनि जितेको एमालेले दार्चुलाको दोस्रो नगरपालिका शैल्यशिखरमा पनि जित हासिल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।