काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार साहले ६ हजार १९४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ सय मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मदेवार सिर्जना श्रेष्ठ सिंहले २ हजार ८६६ मत प्राप्त गरेकी छन्।
त्यस्तै उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ३४४ मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ सय ५१ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरपालिकामा अहिलेसम्म १५ हजार ९१० मत गणना भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।