काठमाडौं– खोटाङको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उनी अध्यक्ष बनेका हुन्।
विजयी राईले २ हजार ६ सय ६ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका श्रीबहादुर राईले २ हजार ४ सय ८० मत ल्याए।
गाउँपालिका उपाध्यक्षमा भने गठबन्धनका राजेश राजभण्डारी विजयी बनेका छन्।
उनले ३ हजार १ सय ४६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका पुष्पकला भुजेलले २ हजार ५ सय ९५ मत ल्याइन्। भुजेल अघिल्लो स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।