काठमाडौं– भोजपुर जिल्लाको अरुण गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शालिकराम खत्रीले जित हासिल गरेका छन्।
खत्रीले २ हजार ८ सय ८७ मत प्राप्त गरेका छन्। त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायणप्रसाद अधिकारीले २ हजार ४ सय २४ मत प्राप्त गरेका छन्।
यस्तै, उपध्यक्षमा पनि कांग्रेसकी विनिता ढकालले ३ हजार मत प्राप्त गरेर निर्वाचित भएकी छन्।
प्रतिद्वन्द्वी एमालेकी कविता राईले २ हजार ५ सय ४४ मत प्राप्त गरेकी छन्। यो कांग्रेसको विरासत रहेको पालिका हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।