काठमाडौं– शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत एक सयभन्दा धेरै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
सोमबार बिहान ११ बजेसम्म प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। कांग्रेसले हालसम्म ४० स्थानीय तहमा प्रमुख जितेको छ। त्यस्तै, ४५ पालिकाको उपप्रमुखमा जित हात पारेको छ।
दोस्रोमा रहेको नेकपा एमालेले ३७ पालिका प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा ३५ सिटमा जित हात पारेको छ।
त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ। मओवादीले २३ स्थानमा प्रमुख पदमा जित हासिल गरेको छ। उपप्रमुखमा १८ क्षेत्रमा जित हात पारेको छ।
नेकपा एकीकृत समाजवादीले भने २ स्थानमा प्रमुख र ५ स्थानमा उपप्रमुखमा जितेको छ।
हालसम्म जसपाले २ वटा उपप्रमुख जितेको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले १ स्थानमा उपप्रमुख जितेको छ। स्वतन्त्र उम्मेदवाले १ स्थानमा प्रमुख जितेका छन्।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा धेरै क्षेत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले गठबन्धन गरेका छन्।
केही स्थानमा राप्रपासहितका पार्टीसँग तालमले गरेको एमालेले भने अधिकांश पालिकामा एक्लै चुनावमा होमिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।