काठमाडौं– सर्लाहीको हरिपुर नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ।
नेकपा माओवादी केन्द्रका सुनिलकुमार बुढाथोकीलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियार विजयी भएका हुन्। पजियारले ६ हजार ९३८ मत प्राप्त गरे भने माओवादी केन्द्रका बुढाथोकीले ३ हजार ८८७ मत प्राप्त गरे।
त्यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेस विजयी भएको हो। नेकपा एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीलाई पराजित गर्दै उनी उपप्रमुखमा निर्वाचित भएकी हुन्। यादवले ५ हजार ५८३ मत प्राप्त गर्दा कार्कीले ४ हजार ७६ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।