गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित भएका छन्।
उनले ६ हजार ५८६ मत ल्याएका छन्। उपाध्यक्षमा पनि एमालेकै सावित्रा ज्ञवालीले ६४७२ मत ल्याएर विजयी भएकी छन्।
गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९४८ मत ल्याएका छन्। उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगर ५ हजार १२४ मतमा समेटिए।
गाउँपालिकामा रहेका ६ वटा वडाहरुमध्ये ३/३ वटा वडामा नेकपा एमाले र नेपाली कांग्रेसले वडाध्यक्षमा जितेका छन्। जसअनुसार वडा नम्बर ३, ४, ६ मा नेकपा एमाले र १, २, ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।