काठमाडौं- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्।
रुम्दालीले ५ हजार २१ मत ल्याए। उनका निकटतम प्रतिद्वन्दी एमालेका रुपलाल तामाङले ३ हजार ८१५ मत प्राप्त गरे। रुम्दालीलाई कांग्रेसको समर्थन थियो।
गाउँपालिका उपाध्यक्षमा कांग्रेसका उम्मेदवार आश्रचन राई ४ हजार ७५० मत पाएर निर्वाचित भए। उनका निकटतम् प्रतिश्पर्धी जसपाका दीपेन्द्र रुम्दालीले २ हजार २७७ मत पाए। यो पालिकामा एमाले र जसपाले गठबन्धन गरेका थिए।
स्वतन्त्र उम्मेदवारी दिएर विजेता बनेको यो दोस्रो पालिका हो। यसअघि भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ अध्यक्षमा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।