काठमाडौं– मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मोक्तान ४ हजार ८९७ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल ठकुरी निर्वाचित भएका छन्। उनले ४ हजार ८८ मत प्राप्त गरे।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सुकुमाया थिङले ३ हजार ९३५ मत प्राप्त गरिन। यस गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।