काठमाडौं- विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्ना प्रतिस्पर्धी सागर थापासँग मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो अद्यावधिक परिणाम अनुसार कोइरालाले ५ हजार ६ सय ८२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका थापाले ४ हजार २ सय ३६ मतसहित पछ्याइरहेका छन्।
कोइराला सत्ता गठबन्धनको तर्फका उम्मेदवार हुन्। विराटनगरमा एमालेले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो।
यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ५ सय ४३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।