काठमाडौं– संखुवासभाको सिलिचोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। त्यहाँ उपाध्यक्ष पनि नेपाली कांग्रेस नै निर्वाचित भएको छ।
कांग्रेसका उम्मेदवार भूपालराज राईले २ हजार २०३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत प्राप्त गरे।
उपाध्यक्षमा नेपाली कांग्रेसका देवीता राई (कुलुङ) २ हजार ७५ मत ल्याएर निर्वाचित भइन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकै देवीकुमार राई मेवाहाङले १ हजार ७७० मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।