काठमाडौं– भोजपुरको रामप्रसाद राई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।
माओवादी केन्द्रका प्रमुखका उम्मेदवार थामबहादुर राईले ३ हजार ७७ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्धी एमालेका बलराम राईले २ हजार ८ सय ५१ मत ल्याएका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र राई विजयी भएका छन्। उनले ३ हजार ५ सय ७७ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कमलादेवी राईले २ हजार २ सय १४ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।