काठमाडौं– गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेले उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हासिल गरेको हो।
एमालेका उम्मेदवार टीकाराम पाण्डेयले नेपाली कांग्रेसका पारिश्वर ढकाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
पाण्डेले ६ हजार ५८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ढकालले ५ हजार ९४८ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार ५७२ मत प्राप्त गरेर निर्वाचित भइन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजकुमारी थापाले ५ हजार १२४ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।