काठमाडौं– दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन मगर ५ हजार ७४९ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भेषराज खत्रीले ३ हजार ३७८ मत प्राप्त गरे।
उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसी ५ हजार ९४४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सरस्वतीकुमारी घर्तीले ३ हजार २६५ मत प्राप्त गरिन्।
आठ वडा रहेको बङ्गलाचुलीमा नेपाली कांग्रेसले चार र माओवादी केन्द्रले चार वडा यसअघि जितिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।