धनगढी– दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका हिरा सिंह धामी ४ हजार ३४ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याए।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका कल्यान सिंह धामीले ३ हजार ५६६ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एमालेकी गोमती भट्टले ३ हजार २६६ मत ल्याइन्।
८ वटा वडा रहेको मालिकार्जुनमा नेकपा एमालेले ३ वटा वडामा वडाध्यक्ष जितेको छ। नेकपा एमालेले ३ र माओवादी केन्द्र एउटा वडामा वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।