काठमाडौं– झापाको दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राप्रपाका रामकुमार थापा एमालेका उम्मेदवारभन्दा ६ सय मतले अघि छन्।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट राप्रपाका उम्मेदवार रामकुमार थापाले ५ हजार ९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ४ हजार ४९५ मत प्राप्त गरिन्।
उपमेयरमा नेपाली कांग्रेसका रेगिना भट्टराईले ४ हजार ९४३ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका अम्बिकाप्रसाद खनालले ४ हजार ३४४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।