काठमाडौं– जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।
अध्यक्षमा दामोदरप्रसाद आचार्य २ हजार ८०६ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५६३ मत प्राप्त गरे।
उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा २ हजार ३८० मत ल्याउँदै विजयी भइन्। उनकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रीता खत्रीले १ हजार ९४५ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।