काठमाडौं- काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएकी छन्।
उनले ५ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन्। त्यस्तै उनको निकटतम् प्रतिद्धन्दी एमालेका उम्मेदवार प्रकाश अधिकारीले ५ हजार ४ सय ३९ मत प्राप्त गरेका छन्।
यहाँ २ उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।