काठमाडौं– बाजुराको गौमुल गाउँपालिका नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकायाले ३ हजार ४३४ मत प्राप्त गर्दै जित हासिल गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिरेन्द्र रोकायाले १ हजार ४७० मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका सीता रोकाया थापाले ३ हजार १९४ मत प्राप्त गर्दै जित हासिल गरिन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत प्राप्त गरेकी छन्।
हरि रोकाया र सिता थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। पालिकाकाै ६ वटै वडामा एमालेले जित हासिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।