काठमाडौं- तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका अध्यक्षमा एमालेका श्री प्रसाद श्रेष्ठले विजय हासिल गरेका छन्।
श्रेष्ठले कुल ४ हजार ९ सय ५० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी मायादेवी राना आलेले ४ हजार २ सय ३२ मत प्राप्त गरेकी छन्।
यस्तै उपाध्यक्ष पदमा कांग्रेसका बालकृष्ण घिमिरेले ५ हजार ३९ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनकी प्रतिद्वन्द्वी रत्नदेवी घिमिरेले ४ हजार २ सय मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।