काठमाडौं– संखुवासभाको खाँदवारी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेको कांग्रेसले त्यहाँ प्रमुखमा जित हासिल गरेको हो।
नगरपा प्रमुखमा नेपाली कांग्रेसका महेश थपलियाले ७ हजार ६३४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्दी जितबहादुर घिमिरेले ५ हजार ५८९ मत प्राप्त गरे।
गठबन्धन गरे पनि उपप्रमुखमा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेका उम्मेदवार महेश्वरा श्रेष्ठले ६ हजार ३८५ मत प्राप्त गरेर निर्वाचित भइन्। भने नेकपा माओवादी केन्द्रका उम्मेदवार दिब्यराज बरालले ५ हजार १४७ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।