काठमाडौं– सिन्धुलीका ९ वटै स्थानीय तहमा गठबन्धनले अग्रता कायम राखेको छ। २०७४ सालको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले तीन/तीन वटा पालिकामा जित हात पारेका थिए।
तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा गएकाले ९ वटै स्थानीय तहमा गठबन्धनलले अग्रता बनाएको छ।
यसअघि एमालेले जितेको कमलामाई नगरपालिकामा गठबन्धन दल नेपाली कांग्रेसले अग्रता बनाएको छ। मेयर पदका उम्मेदवार उपेन्द्रकुमार पोखरेलले २ हजार ९२० मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका महेन्द्रदेव श्रेष्ठले १ हजार ७४७ मतका साथ पछ्याइरहेका छन् ।
यसअघि एमालेले नै जितेको दुधौली नगरपालिकामा गठबन्धनअन्तर्गत मओवादी केन्द्रका उम्मेदवार दिनेश अधिकारीले अग्रता कायम राखेका छन्। अधिकारीले ५ हजार ७४६ मत ल्याउँदा एमालेका लक्ष्मणकुमार कार्की ४ हजार २८ मत प्राप्त गरेका छन्।
गत निर्वाचनमा एमालेले नै जितेको फिक्कल गाउँपालिकामा पनि गठबन्धनका तर्फका कांग्रेसकै उम्मेदवार नृपबहादुर भुजेल १ हजार ५ सय ५२ मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेकै पार्वती सुनुवारले १ हजार ३ सय ६५ मतसहित पछ्याइरहेकी छन्।
तीनपाटन गाउँपालिकामा गठबन्धन दल कांग्रेसका कणबहादुर मगर ५ हजार ८ सय ७१ मतसहित अग्रस्थानमा छन्। ४ हजार ९ सय ४४ मत ल्याएर एमालेका छत्रबहादुर दाहालले पछ्याइरहेका छन्।
सुनकोशी गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार दीपा बोहरा दाहाल १ हजार ११४ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका रोमनराज गिरीले १ हजार ३८ मत ल्याएर पछ्याइरहेका छन्।
घ्याङलेक गाउँपालिकामा पनि गठबन्धन दल कांग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार दिएका जगतबहादुर भालेनले अग्रता कायम राखेका छन्। उनको १ हजार ४९८ मत आउँदा एमालेको १ हजार १२३ मत ल्याएर पछ्याइरहेका छन्।
मरिण गाउँपालिकामा माओवादीका केन्द्रका अध्यक्ष पदका उम्मेदवार विमर्स मुक्तान ३ हजार ६५२ मतसहित अग्रस्थानमा छन् । एमालेका गोविन्दलाल माझीले ३ हजार १५५ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
हरिहरपुरगढी गाउँपालिकामा माओवादी केन्द्रका बज्रध्वज वाइवा १ हजार ९०५ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका मानबहादुर वाइवा १ हजार ८४३ मत ल्याएर पछ्याइरहेका छन्।
गोलन्जोर गाउँपालिमा पनि गठबन्धन दल कांग्रेसले अग्रता कायम गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।