काठमाडौं– कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
कांग्रेसका उम्मेदवार हरिशचन्द्र राना ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर विष्टले २ हजार ३०१ मत प्राप्त गरे।
त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसका शान्ति नाथ विजयी भएका छन्। उनले ३ हजार ६७३ मत प्राप्त गरिन् भने नेकपा एमालेका फूलदेवी रानाले ३ हजार २७ मत प्राप्त गरिन्।
बेलडाँडी गाउँपालिकामा २०७४ को स्थानीयतहको निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।