काठमाडौं– पश्चिम रुकुमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।
अध्यक्षमा बिर्खबहादुर बिष्ट ६ हजार १९ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरखप्रसाद चन्दले ४ हजार ३ सय २० मत ल्याए।
उपाध्यक्षमा कमला रोका पुन ५ हजार ९ सय ५८ मतसहित विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रकाश खड्काले ३ हजार ४ सय ४२ मत ल्याए। सानीभेरीमा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।