काठमाडौं- पोखर महानगरपालिकामा गठबन्धनतर्फका एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ४ हजार ४ सय ७८ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।
उनलाई नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४ हजार १ सय २४ मतका साथ पछ्याइरहेका छन्।
त्यस्तै उपप्रमुखतर्फ एमालेकी मन्जु गुरुङले ४ हजार ७ सय १४ मत ल्याएर अग्रता लिएकी छन् भने उनलाई कांग्रेसकी कोपिला रानाभाटले ४ हजार ५ सय ७० मत लिएर पछ्याइरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।