काठमाडौं- भक्तपुर नगरपालिकामा ‘क्लीन स्वीप’ गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारबाहेक अन्य सबै दलको जमानत जफत भएको छ। त्यहाँ राष्ट्रिय पार्टीले समेत जमानत जोगाउन सकेनन्।
जमानत जोगाउन १० प्रतिशत मत कटाउनुपर्छ। नेमकिपाका मेयरका उम्मेदवार सुनिल प्रजापति र उपमेयर उम्मेदवा रजनी जोशीले दुईतिहाइभन्दा बढी मत पाउँदा बाँकी उम्मेदवारले आवश्यक मत पाउन सकेनन्।
मेयरमा दलका र स्वतन्त्र गरी जम्मा १४ जना उम्मेदवार थिए। तीमध्ये १३ जनाको जमानत जफत भएको छ। त्यसैगरी उपमेयरमा नौ जना उम्मेदवार भएकोमा आठ जनाको जमानत जफत भएको छ।
मेयर र उपमेयरमा कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। तर, दुवै उम्मेदवारले जमानत गुमाउनु परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।