काठमाडौं– भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। जारी मतगणनामा एमाले उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार विजय सुवेदीले ४हजार ४५१ मत पाएका छन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ४१३ मत पाएकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १९४० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।