काठमाडौं– शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका हुन्। श्रेष्ठले २ हजार ३१७ मत पाएको नगर निर्वाचन कार्यालय जनाएको छ।
उनलाई नेकपा एमालेका कृष्णलाल बजगाईले पछ्याइरहेका छन्। एमालेका बजगाईले दुई हजार २७७ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित २ हजार २४८ मतसहित तेस्रोमा छन्। नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन्।
नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ। उनले ३ हजार ४९४ मत पाएकी छन्। उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चण्डिका दङ्गालले १ हजार ७९२ मत पाएकी छन्। राप्रपाका विजयकुमारी वाइवाले १ हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन् । एमालेका लक्ष्मी केसीले १ हजार ७२६ मतका साथ पछ्याएकी छन्। नगरपालिकामा हालसम्म ९ हजार ६७३ मतगणना भएको छ।
कुल २२ हजार ५ सय मतदाता रहेको नगरपालिकामा १७ हजार १ सय मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।