हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम राखेका छन्।
१३ हजार ४९५ मत गणना हुँदा हेटौँडाको मेयरमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा ४ हजार ३५ मत ल्याएकी छन्।
३ हजार ९९४ मतसहित राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले पछ्याइरहेका छन्। एमालेका अनन्तप्रसाद पौडेलको ३ हजार ५५२ मतसहित तेस्रो स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।