सुर्खेत– दैलेखको महावु गाउंपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै दुवै पदमा कांग्रेस उम्मेदवार विजयी भएका हुन्।
अध्यक्षमा कांग्रेसका लक्ष्मण गुरुङ २ हजार ९७९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत प्राप्त गरे।
उपाध्यक्षमा कांग्रेसकी मन्जु पाण्डे ३ हजार १५५ मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी दुर्गाकुमारी सिंहले २ हजार ३०१ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।