काठमाडौं- सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा एमालेका उग्रनारायण यादवले ४ हजार ३०२ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा निकटम प्रतिद्वन्दी जसपाका बेचन यादवले ३ हजार २३९ मत प्राप्त गरे। एमालेका यादव निवर्तमान अध्यक्ष पनि हुन्।
गाउँपालिका उपाध्यक्षमा एमालेकी रेखाकुमारी यादव ३ हजार ९६० मत ल्याएर निर्वाचित भइन्। उनकी प्रमुख प्रतिद्वन्द्वी जसपाकी जिवछीदेवी यादवले ३ हजार २१० मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।