काठमाडौं– पाल्पाको माथागढी गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको हो।
अध्यक्षमा नेकपा एमालेका यमबहादुर चिदी ६ हजार १०९ मत प्राप्त गरेर विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५५४ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकै विष्णुमाया लुङचे निर्वाचित भएकी छन्। उनले ५ हजार ८८२ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।