काठमाडौं– गुल्मीको मदाने गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। कांग्रेसका उम्मेदबार महेन्द्रबहादुर कुँबरले ४ हजार ७०७ मत ल्याउँदै जित हात पारे।
उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर केसीले ४६ सय ९७ मत प्राप्त गरे। एमाले उम्मेदवार १० मतको अन्तरले गाउँपालिकाको अध्यक्षमा पराजित भए।
उपाध्यक्षमा भने नेकपा एमालेले जित हात पारेको छ। एमालेकी उम्मेदवार सरिता खड्का ४ हजार ५६७ मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भइन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोराले ४ हजार २११ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।