काठमाडौं– काभ्रेका तीन गाउँपालिकाका तीन वटा वडामा एक/एक मतको अन्तरमा हारजित भएको छ। चौंरीदेउराली गाउँपालिकाको १ नम्बर वडामा १ अन्तरले माओवादी केन्द्रलाई पराजित गर्दै काग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका सुशील लामा ४०२ मत ल्याएर विजयी भए भने माओवादीका राजु आले तामाङले ४०१ मत ल्याए।
त्यसैगरी काभ्रेकै खानीखोला गाउँपालिका वडा नम्बर १ मा १ मत अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका सन्तमान थिं ५४८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका आसराम गोलेले ५४७ मत ल्याए।
उता काभ्रेकै तेमाल गाउँपालिका १ नम्बर वडामा कांग्रेसका उम्मेदवारलाई एक मतले पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका इन्द्रबहादुर अधिकारीले ५३१ मत ल्याएर विजयी हुँदा कांग्रेसका कुलदास तामाङले ५३० मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।