सुर्खेत– हुम्लाको नाम्खा गाउँपाकिलामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका प्रेम बहादुर लामाले १ हजार ४६६ मत ल्याए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सुर्य बहादुर लामाले ६६२ मत ल्याए।
उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी भए। लामा १ हजार ९४ मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भए। उनका प्रपतिस्पर्धी स्वतन्त्र उम्मेदवार लाक्पा नुर्बु लामाले ५६५ र नेकपा एमालेका उम्मेदवार नुरजङ तामाङले ४८२ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।